चितवन । लायन्स क्लब अफ चितवन आरोग्यले भरतपुरमा बृहत निःशुल्क योग प्रशिक्षण दिने भएको छ । ८ औं अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा यही असार ७ गते मंगलबार भरतपुरमा योग शिविर गर्न लागेको हो । आज आयोजक संस्था आरोग्यले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो ।
पत्रकार सम्मेलमा बोल्दै क्लबका अध्यक्ष डा. विशाल सापकोटाले पछिल्लो समय मानिसहरुको खानपान जीवनशैलीका कारण शारिरीक, मानसिक तथा अध्यात्मिक रुपमा अस्वस्थ हुंँदै गएकोले संस्थाले योग प्रशिक्षण दिन लागेको बताए । अहिले आधुनिक युगमा मानिसको व्यस्त जीवनशैलीका कारण निस्क्रियता बढेकोले योग प्रशिक्षणले ठूलो भूमिका खेल्ने बताए । रोगबाट बच्न र रोग लागिसकेपछि पनि योगको उत्तिकै महत्व हुने उनको भनाई थियो ।
मानिस जुनसुकै क्षेत्रमा सफल हुनपनि मानसिक र शारिरीक रुपमा स्वस्थ हुनुपर्ने भन्दै क्लबका वरिष्ठ उपाध्यक्ष लक्ष्मण थापाले योग शिविरले मानिसको जीवन परिवर्तनमा समेत ठूलो भूमिका खेल्ने बताए । आगामी दिनमा पनि संस्थाले विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्य गर्दै जाने थापाको भनाई थियो ।
क्लबका सचिव सुदीपराज सुवेदीले जेष्ठ नागरिकलाई हरेक महिना हाडजोर्नी तथा नसा रोगको निःशुल्क चेकजाँच गर्दै आएकोे बताउनुभयो । योग प्रशिक्षणमा करिब २ सय बढीको सहभागिता हुने अपेक्षा गरिएको छ ।
निशुल्क योग शिविर भरतपुर महानगरपालिका वडा नम्बर १२, जागृतिचोक स्थित धावन रिक्रियशन सेन्टरमा विहान साढे ६ बजेदेखि साढे ७ बजेसम्म योग प्रशिक्षण गरिने छ । प्रशिक्षण कार्यक्रममा जुनसुकै उमेर समुह , पेशा , व्यवसायीहरुले सहभागि हुन सक्ने सचिव सुबेदीले जानकारी दिए ।
कार्यक्रममा विनोद पन्त, कोषाध्यक्ष बद्री घिमिरेले संस्थाको उद्धेश्य बारे प्रकाश पारेका थिए । कार्यक्रममा शम्भु क्षेत्री, हेमन्त सापकोटा तथा लायन्सकर्मीहरुको सहभागिता रहेको थियो ।
लायन्स क्लब अफ चितवन आरोग्यको आयोजनामा असार ७ मा निःशुल्क योग प्रशिक्षण
लायन्स क्लब अफ चितवन आरोग्यको आयोजनामा असार ७ मा निःशुल्क योग प्रशिक्षण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु