चितवन । चितवनमा धारिलो हतियार प्रहार गरी आफ्नै छोराले आमाको हत्या गरेका छन । माडी नगरपालिका वडा नम्बर ६ स्याउलीबासका अन्दाजी ३७ बर्षीय अर्जुन तामाङ्गले आफ्नी आमा मायादेवी तामाङ्गले खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउसो सवा ३ बजे आफ्नो घरदेखि सय मिटर पर मकैबारीमा पछाडिबाट धारिलो हतियार खुर्पा प्रहार गर्दा अन्दाजी ५५ बर्षीया मायादेवीको मृत्यु भएको हो ।
धारिलो हतियार प्रहार गरेर हत्या गरेको स्थानीयले जानकारी दिएपछि प्रहरी टोली घटनास्थलमा पुगी अर्जुनलाई नियन्त्रणमा लिएको कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु