चितवन । योङ स्टार सिनेमा र निर्भाना फिल्म स्कुलले संयुक्त रुपमा निर्माण हुन गरहेको नेपाली चलचित्र “ग्रीन बर्ड“ यतिखेर चितवनमा धमाधम कार्यशाला चलिरहेको छ ।
चलचित्रमा सुरक्षा पन्त , कमलमणि नेपाल र अफ्रान अलीको मुख्य भूमिका रहनेछ । मुम्बईमा फिल्म अध्ययन गरेर नेपाल आएका प्रमोद कंडेलको लेखक तथा निर्देशनमा बन्न लागेको हो । चलचित्रमा पछिल्लो पुस्ताका युवाहरुलाई लक्षित गरेर चलचित्र निर्माण गर्न खोजिएको छ ।
चलचित्रमा आफ्नो स्वतन्त्रताको साक्षी वन्न र आफ्नै तरिकाले जीवन जिउन आफ्नो परिवार र विश्वविश्वबाट बाहिर गएकी युवतीको चलचित्रको कथाको मुख्य विषय बस्तुमा आधारित रहने निर्देशक कंडेलले जानकारी दिए ।
अहिले ‘मेथड एक्टिङ’लाई चित्रण गर्नकै लागि सबै कलाकारलाई सुटिङ हुने इन्डोर हाउसमा राखेर कार्यशाला चलिरहेको छ ।
चलचित्र “ग्रीन बर्ड“ यही भदौ २५ गतेबाट सुटिङ फ्लोरमा जाने र चलचित्रको छायांकन चितवन र नवलपुर हुने प्रोडक्सन डिजाइन तथा क्रिएटिभ डाइरेक्टर निगम श्रेष्ठले जानकारी दिए । डेब्यु निर्देशक प्रमोद कंडेलकै कथा, अजय खड्काको सम्पादन र कात्तिक कर्नाटकले खिच्ने चलचित्रमा मेथड एक्टिङको प्रक्रियालाई आत्मसात गरिने भएको छ । यस चलचित्रले आम नेपालीको प्रतिनिधित्व गर्ने विश्वास कम्पनीको छ ।