चितवन – सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नारायणी मोटर्स युनिक क्लब बसेनी र नारायणगढ फुटबल क्लब (एनएफसी) बराबरीमा रोकिएका छन् ।
आज (सोमबार) भएको पहिलो खेलमा युनिक र नारायणगढ १-१ को बराबरीमा रोकिएका हुन् । युनिकका लागि अमृत घले तथा नारायणगढका लागि सागर लोप्चनले गोल गरे ।
खेलमा युनिकले सुरुवाती अग्रता लिएको थियो । खेलको आठौं मिनेटमा अमृतले गोल गर्दै युनिकलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ल पछि परेको नारायणगढले दोस्रो हाफमा गोल फर्कायो । ७६ औं मिनेटमा युनिकका डिफेन्डरले डिबक्स भित्र ह्याण्ड गरेपछि रेफ्रीले नारायणगढलाई पेनाल्टी दिएका थिए। उक्त अवसरलाई सागरले कुनै गल्ती नगरी गोलमा परिणत गराए ।
खेलको म्यान अफ दि म्याच युनिकका गोलरक्षक मिनशिखर गुरुङ घोषित भ ए । बराबरीपछि युनिकले दुई खेलबाट २ अंंक बटुलेको छ । एक खेल बढि खेलेको नारायणगढको पनि समान अंंक छ ।
युनिक बसेनी र नारायणगढ बराबरीमा रोकिए
युनिक बसेनी र नारायणगढ बराबरीमा रोकिए

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु