चितवन । विश्वविख्यात टाटा कम्पनीको भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित हाकिमचोकमा रहेको शेखर टाटा गाडीको शोरुममा जागिरको लागि निवेदन आह्वान गरिएको छ । कम्पनीले आज एक सुचना प्रकाशित गरी निम्न पदपुर्तीको लागि आवेदन आह्वान गरेको हो । योग्यता पुगेका ईच्छुक व्यत्तिले निम्न पदका लागि आवेदन आह्वाहन गरेको छ ।
शोरुमका अनुसार सेल्स अफिसरका तीन जना पुरुष र लेखा अधिकृत एकजनाको लागि भ्याकेन्सी रहेको छ । यी पदका लागि न्यूनतम दशजोड दुई पास वा सो सरहको योग्यता पुग्नुपर्ने छ । आवेदकले थप जानकारीको लागि कम्पनीको उल्लिखित नम्बरका सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । आवेदन दिने अन्तिम मिति फेब्रुअरी १० सम्म रहेको छ । तलब आपसी समझदारी अनुसार निर्धारण गरिने कम्पनीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु