चितवन । चितवनमा चालकको असावधानीले सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २४ का सुरज नेपाली रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान ८ बजेर १० बजे भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रबार ना ५ ख ९६७ नम्बरको बस बिग्रिएर चालक र सहचालकले बसमुनि मर्मत गरिरहेको अबस्थामा बस चालकले स्टार्ट गरी अघि बढाउने क्रममा बसको मुनि रहेका सहचालक नेपालीलाई अचानक बसले किच्दा गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ८ बजेर ५० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक कुमार गुरुङ्गलाई नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु