चितवन : संघीय प्रतिनिधि सभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट बाबुराम अधिकारीले स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। माडीनगर वडा नं. ६ हरिनगरका अधिकारीले चितवन–३ का सचेत नागरिकहरूको सुझाव, भरोसा र समर्थनलाई आधार मानेर आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।
देशको समसामयिक राजनीतिक अवस्था, जनताका वास्तविक समस्या र विकासका प्राथमिकतालाई नजिकबाट बुझ्दै आएको अनुभवका आधारमा स्वतन्त्र उम्मेदवारी दिएको अधिकारीको भनाइ छ। दलगत स्वार्थभन्दा माथि उठेर जनताको सरोकार, पारदर्शिता, जवाफदेहिता र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
उनको घोषणापत्रमा सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति प्रमुख रूपमा उल्लेख गरिएको छ। सांसद विकास कोषको पारदर्शी उपयोग र सार्वजनिक अनुगमन, साथै जनप्रतिनिधि र नागरिकबीच नियमित सार्वजनिक संवादलाई उनले प्राथमिकतामा राखेका छन्।
रोजगारी र युवा सशक्तीकरणतर्फ स्थानीय सीपअनुसार रोजगारी सिर्जना, युवा उद्यमशीलताका लागि सहुलियत ऋण र सीपमूलक तालिम, साथै वैदेशिक रोजगारीमा जाने युवाको हकहित संरक्षण गर्ने योजना सार्वजनिक गरिएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रअन्तर्गत सरकारी विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यवहारिक शिक्षामा जोड र सबै वडामा आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र विकासका लागि किसानलाई मल, बीउ, बजार र उचित मूल्यको व्यवस्था, चितवनको कृषि र पर्यटनलाई जोडेर रोजगारी सिर्जना तथा साना व्यवसाय र सहकारी सशक्तीकरण गर्ने एजेन्डा अघि सारिएको छ।
पूर्वाधार विकाससँगै वातावरण संरक्षणलाई समेत महत्व दिँदै सुरक्षित सडक, खानेपानी र सिँचाइको व्यवस्था, बाढी र डुबान नियन्त्रण तथा वन, नदी र जैविक विविधताको संरक्षण गर्ने योजना घोषणापत्रमा समेटिएको छ।
महिला, दलित र पिछडिएका समुदायको निर्णय प्रक्रियामा समान सहभागिता, लक्षित कार्यक्रममार्फत अवसरमा पहुँच र सामाजिक न्यायमा आधारित समावेशी विकासलाई पनि उनले मुख्य प्राथमिकतामा राखेका छन्।
“म कुनै दलको होइन, चितवन–३ का जनताको प्रतिनिधि भएर संसदमा आवाज उठाउनेछु,” अधिकारीले भने, “विकास, इमानदारी र परिणाममुखी काम नै मेरो राजनीति हुनेछ।” दलगत स्वार्थभन्दा माथि उठेर जनताको सरोकार, पारदर्शिता, जवाफदेहिता र सुशासनलाई केन्द्रमा राखी काम गर्ने प्रतिबद्धता उनको छ ।
१. सुशासन र जवाफदेहिता
* भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
* सांसद विकास कोषको पारदर्शी र सार्वजनिक अनुगमन
* जनप्रतिनिधि र नागरिकबीच नियमित सार्वजनिक संवाद
* स्थानीय सीपअनुसार रोजगारी सिर्जना
* युवा उद्यमशीलताका लागि सहुलियत ऋण र सीप तालिम
* वैदेशिक रोजगारीमा जाने युवाको हकहित संरक्षण
३. शिक्षा र स्वास्थ्य
* सरकारी विद्यालयको गुणस्तर सुधार
* प्राविधिक र व्यवहारिक शिक्षामा जोड
* किसानलाई मल, बीउ, बजार र उचित मूल्य
* चितवनको कृषि र पर्यटनलाई जोडेर रोजगारी
* साना व्यवसाय र सहकारी सशक्तीकरण
५. पूर्वाधार विकास र वातावरण संरक्षण
* सुरक्षित सडक, खानेपानी र सिँचाइ
* बाढी, डुबान र वातावरणीय जोखिम न्यूनीकरण
* विकाससँगै वन, नदी र जैविक विविधताको संरक्षण
६. महिला, दलित र पिछडिएका समुदाय
* निर्णय प्रक्रियामा समान सहभागिता
* नागरिकता, सामाजिक सुरक्षा र सेवा सरल पहुँच
* संघ–प्रदेश–स्थानीय तहबीच समन्वय
* कानुन निर्माणमा जनताको आवाज
प्रतिबद्धता
म दलको होइन, चितवन–३ का जनताको प्रतिनिधि भएर संसदमा आवाज उठाउनेछु। विकास, इमानदारी र परिणाममुखी काम नै मेरो राजनीति हुनेछ।











