चितवन । आज सांँझ नारायणी नदी पुलबाट हामफालेर एक पुरुष वेपत्ता भएका छन । आज सांँझ ५ बजेर ३५मिनेटमा भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित परिचय नखुलेको अन्दाजी २६ बर्षीय पुरुष हामफालेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बागमती प्रदेश ०३–०३प ५९२६ नं. को स्कुटर रोकेर ती पुरुष पुलबाट हामफालेका थिए । हामफालेको खबर प्राप्त हुने वित्तिकै वडा प्रहरी कार्यालय नारायणगढको टोलीद्धारा खोजतलास कार्य भईरहेको छ । हालसम्म उनलाई फेला पार्न सकिएको छैन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु