माडी । चितवनका नागरिक अगुवा लाेकतान्त्रिक- बाम गठबन्धनको पक्षमा खुलेका छन् । यसै क्रममा उनीहरू माडी क्षेत्रमा छलफल एवं अन्तर्क्रिया गरेका छन् । चितवनका अधिकांश पेशाकर्मी, श्रमजीवी, पुर्व कर्मचारी, शिक्षक एवं सामाजिक अगुवाहरू सहभागी थिए ।
छलफलमा संविधानकाे रक्षार्थ स्थिर सरकार र विकासका लागि लाेकतान्त्रिक-बाम गठबन्धनको बनाउनुपर्नेमा उनीहरूकाे जाेड थियो । यसै गठबन्धनले चितवनको विकास र समृद्धिका याेगदान गर्ने पर्यटन विज्ञ डा. विश्व सुवेदीले बताए । गाेलाघाटदेखि बादँरझुलासम्म समतामूलक विकास निति अघि बढाउन उनलेे सुझाव दिए ।
गठबन्धनले अासन्न निर्वाचनमा युवा, विज्ञ र सक्षम उम्मेदवार अघि सारेकोमा उनीहरू हर्षित थिए । चितवन उधाेग संघका पुर्व अध्यक्ष राजु पाैडेलले चितवन ३ मा युवा, विज्ञ पेशाकर्मी नै उम्मेदवार भएकोले गठबन्धनकाे पक्षमै उभिएको बताए । अग्रगमनले नै राजनीतिक स्थायित्व प्रदान गर्ने उनको भनाई छ ।
गठबन्धनका उम्मेदवार डा. भाेजराज अधिकारी र प्रदेश ३(२) का उम्मेदवार ठाकुर प्रसाद ढकाल माडीमा घरदैलो कार्यक्रममा केन्द्रीत छन् ।