सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अरुण पोखरेल जिल्लामा हालै आएका प्राकृतिक विपद्मा समन्वयकारी भूमिका निर्वाह गरेर प्रशसाको पात्र बनेका छन् । उनी जनताको सेवाको लागि दिनरात नभनी अहोरात्र खटिदैं आएका छन ।
हालमात्र पनि ै मेलम्ची र हेलम्बुमा आएको बाढी पछिको विपद् व्यवस्थापनमा उनैको नेतृत्वमा रहेको कमाण्ड फोर्स फिल्डमा नै खटिएको छ । प्रजिअ पोखरल नेतृत्वको टिम उद्दार र राहत वितरणका काममा सक्रियता पूर्वक खटिएका कारण थप क्षति रोक्न तथा प्रभावकारी व्यवस्थापनमा सहयोग पुगेको स्थानीय जनप्रतिनिधिले बताएका छन ।
विपद व्यवस्थापन समितिको सक्रियताका कारण पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन सकिएकाले असार १ र १६ गते आएको बाढीमा मेलम्ची क्षेत्रमा मानवीय क्षति हुन नपाएको प्रजिअ पोखरेलको भनाई छ ।
‘विपद् व्यवस्थापनका लागि एकद्धार प्रणाली निर्माण, सरोकारवालासँग समन्वय, विषयगत कार्यालयहरुको परिचालनमा नेतृत्वदायी भूमिका खेलियो , प्रजिअ पोखरेल भने, विपद् टरेको छैन हामी अलर्ट भएर बसेका छौं ।’
प्रजिअ पोखरेलकै सक्रियताका कारण त्रिपाल मुनी बस्दै आएका लिदी पहिरो पीडितको लागि जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा अस्थायी आवास निर्माण गरी पहिरो पीडितहरुको व्यवस्थान समेत सुरु भएको छ ।
कोभिड १९ को दोस्रो लहरले सवै जिल्लाहरुमा अक्सिजनको अभाव महसुस भइ चुनौती देखिएकोमा कोभिड नियन्त्रण व्यवस्थापन समितिको नेतृत्वमा रहि जिल्लामा अक्सिजनको अभाव हुन नदिने तथा अक्सिजनको अभावले हालसम्म एक जना पनि संंक्रमितको मृत्यु नभएको प्रजिअ पोखरेलले जानकारी दिए । तेस्रो लहरको सामना गर्न बिशेष कार्ययोजना बनाएर अघि बढेको उनको भनाइ छ । उनी यतिमा मात्र सिमित छैनन । सिन्धुपाल्चोकलाई नमुना तथा व्यवस्थित जिल्ला बनाउन
जिल्लामा बालुवा तस्करलाई कारवाही गरि अवैध नदी दोहन गर्ने गिरोहलाई निमिट्यान्न सफल भएको उनले बताए ।
त्यस्तै सिन्धुपाल्चोक जिल्लामा जिल्ला प्रशासन तथा जिल्ला प्रहरीको सक्रियतामा दुर्घटना न्यूनीकरणको लागि विशेष कार्ययोजनाको निर्माण, अपराध नियन्त्रणका लागि विशेष अभियान, सुशासन कायम गर्न गर्न विविध कार्यक्रमहरु संचालन भएको प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।