चितवन । बिभिन्न मुद्दामा कैद तथा जरीवाना सजाय भई फरार रहेका फरार प्रतिवादी पक्राउ परेका छन । प्रहरीको बिशोष अपरेसन मार्फत विभिन्न स्थानबाट चारदिनमा ३५ जना प्रतिवादी पक्राउ परेका हुन्
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले उनीहरुको खोजतलास गर्ने क्रममा भदौ देखि १५ गतेसम्म पक्राउ गरिएको थियो ।
अधिकारीका अनुसार ती सबैलाई गरी चितवन जिल्ला अदालतबाट १० बर्ष २२ दिन कैद र.२ लाख ७८ हजार ४९० रुपैंया ( अक्षरुपी दुई लाख अठहत्तर हजार चार सय नब्बे रकम असुल उपरको फैसला गरेको थियो ।
उनीहरुलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाईएको छ ।
भदौ ८ गते देखि १५ गते सम्म ८ जना महिला र पुरुष ११६ जना गरी जम्मा १२४ जना बिभीन्न मुद्धाका फरार प्रतिवादी पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु