चितवन । चितवनमा ठूलो परिमाणमा गांँजा बरामद भएको छ । गांँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डौबाट मुग्लिङतर्फ आउँदै गरेको ना ७ ख ५०११ न।को रात्री बसमा शुक्रबार बिहान सांँढे ४ बजे उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर १५ माधवपुर बस्ने सोनाम बाईवाको साथबाट ७ केजी , कालिका नगरपालिका वडा नम्बर ८ कालिका टोलका बिमल तामाङबाट ६ केजी र काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ तउलुङ बस्ने राजकुमार तामाङको साथबाट ३ केजी गांँजा सहित पक्राउ गरिएको हो ।
यसैगरी २०७६ माघ १५ मा चितवन राप्ती नगरपालिका–१ नयाँबस्तीमा ना २ ह ५८८० नम्बरको अटो रिक्साबाट ७ वटा पोकामा ३५ किलोग्राम गाँजा फेला पारी फरार रहेका राप्ती नगरपालिका वडा नम्बर १ पिप्ले बस्ने २० वर्षीय मिनराज घलानलाई पनि प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट कुल ५१ केजी गांँजा बरामद भएको हो । पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।