चितवन, भदौ २४ -पश्चिम चितवनस्थित रेडियो प्रभाब ९२ दशमलब ४ मेगाहर्ज चौथो वर्ष पुरा गरी पाचौँ बर्षमा प्रवेश गरेको छ ।
२०७४ साल भदौ २४ गते स्थापना भएको रेडियो प्रभाब बिहीबार पाँचौ वर्षमा प्रवेश गरेको हो । रेडियो पाचौँ बर्षमा प्रवेश गरेको अबसरमा रेडियोका अध्यक्ष बिजय बहादुर घलेले एक विज्ञप्ति जारी गदै गौरबमय यात्रामा साथ दिनुहुने सम्पूर्ण श्रोता, विज्ञापनदाता र शुभेच्छुकहरुमा हार्दिक आभार तथा धन्यबाद प्रकट गर्नु भएको छ । विज्ञप्तिमा श्रोताको चाहना अनुसार कार्यक्रम प्रसारण गर्नु नै रेडियोको सर्बोपरी उद्देश्य भएकोले आगामी दिनहरुमा पनि श्रोताको चाहना अनुरुप अगाडी बढ्ने प्रतिबद्दता जनाईएको छ ।
समाचार गीत संगित अनि मनोरन्जनको एउटै विकल्पको रुपमा रहेको रेडियो प्रभाबले गुणस्तरीय र श्रोता लक्षित कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्दै आईरहेको छ । यस अवसरमा अध्यक्ष धलेले रेडियोलाइ अझै श्रोताप्रति जिम्मेबार र उत्तरदायि बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
रेडियो कुनै ब्यक्ति बिशेष वा राजनैतिक दलको पक्षपोषण गर्न नभइ आम नागरीकको साझा आवाज बनेर अगाडी बढीरहेको प्रबन्ध निर्देशक निर्मल अधिकारीले बताउनुभयो । साथै उहाँले निरन्तर रुपमा रेडियोले उत्कृष्ट कार्यक्रमहरु प्रशाारण गर्दै जाने विश्वास व्यक्त गर्नूभएको छ ।
सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, शैक्षिक, खेलकुद, कृषि,साहित्य , सामाजिक विकृति र दुर्व्यसनी विरुद्ध का कार्यक्रम आदि उत्पादन गरि समाजलाई सूचित गराइएको रेडियोका स्टेशन म्यानेजर अपिल घिमिरेले बताउनुभयो। स्टेशन म्यानेजर घिमिरेले मनोरञ्जनात्मक कार्यक्रमहरु निर्माण गरेर स्रोताहरुलाई सन्तुष्टी पार्न प्रयासरत रहिरहेको उल्लेख गर्नुभयो । यसैबिच रेडियोले कोरोना सङक्रमणलाई मध्यनजर गर्दै सञ्चालक सदस्य र केहि सिमित शुभचिन्तकहरुका बिच आफ्नो चौथो बार्षिकउत्सब मनाएको छ ।
कार्यक्रममा रेडियो प्रभाबका अध्यक्ष बिजय बहादुर घले, प्रबन्ध निर्देशक निर्मल अधिकारी, सञ्चालक शालिक दवाडि , नरहरी घिमिरे,मेट्स इन्भेष्टमेन्ट कम्पनि भरतपुरका अध्यक्ष हरीहर अधिकारी, प्रेरणा बचत तथा ऋण सहकारी सस्थाँ पर्बतीपुरका प्रमुख गोबिन्द सुबेदि लगाएतको उपस्थिति रहेको थियो ।