‘मेरो घर भरतपुर महानगरपालिका १५ फुलबारी हो । विसं २०४८ सालमा अमर माविको नेविसंघको अध्यक्ष हुँदै विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु भएको हो । त्यसपछि नेपाल विद्यार्थी संघ क्षेत्र नं ४ को क्षेत्रीय सचिव, विरेन्द्र बहुमुखी क्याम्पसको नेविसंघ ईकाई उपसभापति हुँदै २०५५ मा स्ववियु कोषाध्यक्ष भएको हुँ । त्यसपछि नेविसंघ जिल्ला सदस्य, दुई कार्यकाल उपाध्यक्ष, हाल नेपाल तरुण दल चितवनको निर्वाचित उपाध्यक्ष भएर काम गरिरहेको छु । यसपटक नेपाली काँग्रेस चितवनको खुलाबाट जिल्ला समिति सदस्यको रुपमा उम्मेदवारी दिँदैछु ।
मेरो उम्मेदवारी चितवन जिल्लामा देखिएको राजनीतिक विचलनलाई रोक्नका लागि र युवालाई पार्टीमा प्रवेश गराउँदै कर्तव्यबोध गराउनका लागि रहेको छ ।
चितवनको क्षेत्र नं ३ मा काँग्रेसबाट उम्मेदवार उठाउन नसकिएको अवस्थामा यदि केन्द्रले चितवनको भावनालाई कुष्ठित गरी सत्ता गठबन्धनको नाममा अन्य दलको व्यक्ति वा पात्रलाई उम्मेदवार दिएमा ससख्त प्रतिकार गने र नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउनका लागि मेरो उम्मेदवारी रहेको छ । अब आफ्नै पार्टीका नेताहरु अघि आउनुपर्छ, अरु पार्टीलाई समर्थन गर्ने होइन भन्नेमा म प्रतिवद्ध छु ।
विशेष गरी तरुणहरुमा पार्टीप्रति देखिएको नकारात्मक धारणा छ, त्यसलाई सकारात्मक बनाउँदै पार्टीप्रति कर्तव्यबोध गराउनुमा मेरो जोड रहन्छ । पार्टीलाई लगाशिल बनाई युवालाई अघि बढाउने भूमिका मेरो रहने छ ।
त्यसैले काँग्रेस चितवनका साथीहरुले मलाई साथ दिनुहुनेछ भन्ने विश्वास छ । म विजयी भएर गएपछि युवालाई पार्टीमा आवद्ध गराउने छु । नेपाली काँग्रेसले उठाएका हरेक उम्मेदवार जिताउन पुर्वदेखि पश्चिम माडीसम्म यात्रा गरेर सक्रिय रहने छु । काँग्रेसलाई तीनै क्षेत्रमा जिताउनका लागि मेरो दायित्व पनि रहने छ ।’
“उनको राजनीतिक यात्राले पार्टीका लागि आशा र भरोसा लाग्दा उम्मेदवारका रुपमा चिनिएका छन् ।”