चितवन । चितवनमा अघिल्लो बर्ष(सन्२०२०)को तुलनामा २०२१मा केही कमी आएको छ । २०२० मा चितवनमा कुल ११० वटा मानव अधिकार उल्लंघनका घटना भएको थियो भने २०२१ को डिसेम्बर १५ सम्म यो संख्या घटेर ९२ वटामा झरेको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),चितवनले बुधबार भरतपुरमा एक कार्यक्रममा आयोजना गरी उक्त तथ्यांक सार्वजनिक गरेको हो । ।
२०२१ जनवरी देखि डिसेम्बर १५ सम्मको तथ्यांक अनुसार सो अवधिमा बालअधिकार उल्लंघन घटनामा मा ५० बालिका र १ बालक रहेका छन । जसअनुसार बालिका विवाह १, बालिका वेचविखन ३ वटा , बालिका बलात्कारका घटना २९ वटा र बालिका यौन हिंसाका घटना १७ वटा भएका थिए ।
यस्तै सो अवधिमा कुटपिटबाट २ जना पुरुष , धारिलो हतियार प्रयोग गरी १ जना पुरुष र खुल्न नसकेको कारणबाट एकजना महिलाको मृत्यु भएको छ ।
उक्त घटना मध्ये ३७ वटा महिला हिंसाका घटना भएका छन । जस अनुसार घरेलु हिंसाबाट एक जना महिला , बहुबिबाह घटना १० वटा , महिला बलात्कारका घटना १६ वटा, बलात्कार प्रयास ७ , महिला बेचबिखन ३ वटा घटना भएका थिए ।
इन्सेकका चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीले गत बर्षको तुलनामा यस बर्ष चितवनमा मानव अधिकारका घटनामा केही कमी आएको बताए । उनका अनुसार गत बर्ष २०२० मा भएका कुल ११० वटा मानव अधिकार उल्लंघनका घटना मध्ये महिला बलात्कारका १५ र बलात्कार प्रयासका ७ वटा, बालिका बलात्कारका ३६ वटा , र ५ वटा बलात्कार प्रयासका घटना भएका थिए ।
सो अवधिमा ४ महिला र ५ जना पुरुषको हत्या भएको थियो भने उक्त बर्षमा ६ ना बालिका यौन दुव्र्यबहारको शिकार भएको इन्सेकले जनाएको छ । यस्तै बहुविवाहका १४, आत्महत्या दुरुत्साहनका ३ वटा घटना , माव वेचबिखनका ४ , वम विष्फोटका १, हातहतियार सम्बन्धी १ र राज्य विरुद्ध अपराधका ५ वटा घटना भएका थिए ।
सो अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले यस्ता घटना न्यूनिकरण गर्न सबैको प्रयासले मात्र सम्भव नहुने बताए । महिला र बालबालिका बिषयमा कानुन कडा हुंँदै गएपनि समाजको संरचना, परम्परा , संस्कृतिका कारण पनि यस्ता घटनाहरुमा बृद्धि हुने उनको भनाई छ । ‘विषय सानो हुन्छ तर घटना ठूलो र अतिरञ्जित भइदिन्छ ।’उनले भने ।सामाजिक सञ्जालको प्रभाव, दुरुपयोग बढी महिला तथा बालबालिकामा हुने गरेका कारण पनि बढी प्रभावित महिला तथा बालबालिकानै हुने गरेका कारण पनि पछिल्लो समय समाजमा नसोचेका र अकल्पनीय घटना बढ्दै अधिकारीको भनाई छ ।
चितवनमा मानव अधिकार उल्लंघनका घटनामा कमी
चितवनमा मानव अधिकार उल्लंघनका घटनामा कमी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु