चितवन। जिल्ला प्रशासन कार्यालय, चितवन सहित निस्केको बजार अनुगमन टोलीले ठूलो मात्रामा खाना अयोग्य माछा बरामद गरेको छ । टोलीले बालकुमारी सब्जी मण्डी केन्द्र र कमलनगरबाट १४२ केजी माछा बरामद गरेको हो । केन्द्रिय मत्क्ष सरंक्षण तथा प्रर्वधन निर्देशनालय बालाजुका प्राबिधिकहरु सहित चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी शर्माको नेतृत्वमा गरिएको संयुक्त माछा बजार अनुगमनका क्रममा भारतबाट ल्याईएको कुहिएको माछा बरामद गरेको थियो ।
बालकुमारी तरकारी बजारमा रहेको राजकपुर श्रेष्ठको माछा पसलमा बिक्रीका लागी राखिएको आज मात्रै भारतबाट ल्याईएको ७० किलो माछा परिक्षण गर्दा कुहेको भेटिएको हो ।
उनको पसलबाट कुहि सकेको माछालाई बरामद गरि नष्ट गरिएको र उसलाई मुद्धा चलाएर जरिवाना समेत हुने अनुगमन अधिकारी तथा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिबी शर्माले बताउनु भयो ।
अनुगमनका क्रममा केन्द्रिय मत्क्ष सरंक्षण तथा प्रर्वधन निर्देशनालय बालाजुका प्राबिधिकहरुले बालकुमारी तरकारी बजार र कमल नगरका माछा पसलका माछामा फर्मालिन परिक्षण गरेका थिए । सो क्रममा फर्मालिन भने नदेखिएको शर्माले बताउनु भयो ।
नेपाली माछामा खासै समस्या नभएको र भारतबाट धेरै दिन लगाएर ल्याउदा माछा बिग्रेको फेला परेको उहाको भनाई छ ।
बजारमा अस्वस्थ्कर माछा मासु अयात तथा बिक्री हुन कुनै पनि हालतम नदिईने र त्यस्तो गर्ने लाई कानुन बमोजिम कारबार्ही हुने शर्मा बताउनु भयो ।
कमलनगरस्थित आलम फिस सप्लायर्सबाट ७० र उमेश माछा पसलबाट दुई किलोग्राम गरी १४२ केजी नष्ट गरिएको हो । माछा पसलहरु निकै फोहोर र अस्थ् ब्यस्थ रहेकाले ब्यवस्थापन गर्नु पर्ने देखिएको र सफा गरि बिक्री गर्न निर्देशन गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलय भरतपुरका प्रमुख घननाथ अधिकारीले बताउनु भयो ।
नेपाल मत्क्ष्य ब्यवसायी संघ चितवनका उपाध्यक्ष लुलाराज तामागंले माछामा चितवन आत्म निर्भर रहे पनि मुल्य सस्तो भएकोले व्यापारीले भारतीय माछा बेच्ने गरेको बताउनु भयो । यस्ता माछाले बजार लिंँदा स्वदेशी माछा बिक्री नभएर खेर समेत जाने गरेको उहांँको भनाई छ । विदेशी माछालाई निरुत्साहित गर्न नियमित अनुगमन गर्नुपर्ने तामांगले बताउनु भयो ।