चितवन । भरतपुरमा महिला हिंसा र अधिकारका बिषयमा सरोकारवाला बीच अन्र्तक्रिया गरिएको छ ।
राष्ट्रिय महिला अधिकार आयोगको आयोजनामा सोमबार महिलालाई गरिने हानिकारक अभ्यासहरु विषयक अन्तक्रिया सरोकारवालाबीच गरिएको हो ।
कार्यक्रममा वहुविवाह,बालविवाह, दाइजो, बोक्सीको आरोप, लिङ्ग पहिचानसहितको गर्भपतन, आमाको नामबाट नागरिकतालगायतका विषयमा अन्र्तक्रिया गरिएको थियो ।
कार्यक्रममा यस बिषयमा प्रहरी निरीक्षक कमला निराल, जिल्ला समन्वय समितिका अधिकारी चूडामणि शर्मा र राष्ट्रिय महिला आयोगका शाखा अधिकृत विष्णुकुमारी न्यौपानेले छुट्टाछुट्टै कार्यपत्र पेश गरेका थिए ।
कार्यक्रममा वागमती प्रदेश सभा सदस्य पार्वती सिलवाल, भरतपुर महानगरका उपप्रमुख पार्वती शाह ठकुरी, रत्ननगरका उपप्रमुख विमला दुवाडी, जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मा , नेकपा समाजवादी चितवनका सचिव केपी लामिछाने, महिला अधिकारकर्मीहरु मीना खरेल, मन्जु खाँड, रितु गिरी, सिन्धु ढकाल लगायतले जिल्लामा हुने महिला हिंसा तथा अधिकार बारे आयोगलाई सुझाव दिएका थिए । कार्यक्रम राष्ट्रिय महिला आयोगका सदस्य सावित्रीकुमारी शर्माको अध्यक्षता र प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटी रहेका थिए। कार्यक्रमको सहजीकरण आयोगका नायब सुब्बा दुर्गा खनालले गरेकी थिइन ।
महिला हिंसा र अधिकारका बिषयमा अन्र्तक्रिया
महिला हिंसा र अधिकारका बिषयमा अन्र्तक्रिया

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु