चितवन । नारायाणी नदीमा पौडी खेल्न गएका दुई बालकको आज डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चौक बस्ने विमल गौतमको छोरा १० बर्ष विदान गौतम र परिचय नखुलेका अर्का अन्दाजी १२ बर्षका बालक रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपरान्ह २ बजे भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी नदीको जमेको पानीमा पौडी खेल्ने क्रममा उनीहरु डुबेका थिए । डुबेको अबस्थामा फेला पारी स्थानीयको सहयोगमा उनीहरुलाई भरतपुर अस्पतालमा ल्याईएकोमा चिकित्सकले २ बजेर ३९ मिनेटमा मृत घोषणा गरेको हो । मृत्युको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु