चितवन । नेपाली कांँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मालाई कडा जवाफ फर्काएका छन । आज नेपाली कांँग्रेस भरतपुर महानगरसमितिले आयोजना गरेको १२ औं गिरिजा कोइराला स्मृति दिवस एवं बृहत कार्यकर्ता भेट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले केही समय अघि बोलेका ‘यदि विपी कोइराला बांँचिरहेको भए,, एमालेमा प्रवेश गर्नुहुन्थ्यो ’ प्रतिक्रियालाई उनले आफू एउटै जिल्लाबासी भएको नाताले आफैले जवाफ फर्काउनु उपयुक्त रहेको बताए । शर्माले ओलीलाई लक्षित गर्दै भने, ‘कमरेड यदि कार्लमाक्र्स जीवित हुनुहुन्थ्यो भने अहिले कांँग्रेसको कार्यालय खोज्दै आउनुहुन्थ्यो , यदि नेपालमा हुनुहुन्थ्यो भने !’
कार्लमाक्र्सको दर्शनबारे बोल्दै उनले भने, ‘नीजि सम्पत्ति हुंँदैन, प्रेस स्वतन्त्रता हुंँदैन, निर्वाचनको प्रक्रिया बन्दैन । प्रष्ट छ नि !’ सबै छाडेर नेपालका कम्युनिष्ट बाहिर आएको भन्दै शर्माले, कार्लमाक्र्सको टोपी लगाएर मात्र कार्लमाक्र्स नहुने उनको भनाई थियो । नेपालका कम्युनिष्ट नेताले सम्पूर्ण दर्शन कांँग्रेसको बोकेर हिडेंको भन्दै शर्माले अब कम्युनिष्टले हसिंया हथौडा बोक्नुको अर्थ नभएको बताए । ‘सम्पूर्ण दर्शन कांँग्रेसको बोक्ने, अनि कम्युनिष्ट भनिरहने । ’उनको प्रश्न थियो , आफूले यो कुरा आवेगमा नबोलीकन कटु यथार्थ रहेको शर्माको भनाई थियो ।
विश्वप्रकाशको ओलीलाई कडा जवाफ : कमरेड कार्लमाक्र्स यदि जीवित हुनुहुन्थ्यो भने कांँग्रेसको कार्यालय खोज्दै आउनुहुन्थ्यो
विश्वप्रकाशको ओलीलाई कडा जवाफ : कमरेड कार्लमाक्र्स यदि जीवित हुनुहुन्थ्यो भने कांँग्रेसको कार्यालय खोज्दै आउनुहुन्थ्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु