चितवन । नेपाली कांग्रेसका युवानेता एवं बरिष्ठ सन्चारउद्दमी नबीनराज पौडेलले आसन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष बन्ने आकांक्षा देखाएका छन । नेपाली काङ्रेसको जिल्ला सदस्य भएर आम जनताबीच घुलमिल र मनजित्ने अवसर पाएका पौडेलले समाज सेवालाई निरन्तरता दिन वडा अध्यक्ष बन्न इच्छा राखेको बताए ।
पौडेल यसअघि २०७४ सालको स्थानीय तह चुनाबमा कुनैपनि पदमा उठ्ने इच्छा नराखेपनि अग्रजहरुलाई सम्मान गर्दै आफ्नो तर्फबाट कांग्रेसका प्रतिनिधि जिताउन जिल्लाभरि खटिएर भुमिका खेलेका थिए । आफ्नो उमेदवारी न्यायपूर्ण र अपरिहार्य रहेको भन्दै पौडेलले आफु वडामा युबाहरूको नेतृत्व गर्न सक्षम रहेको जिकिर गरे ।
जनताको मनोभावनालाई कदर कर्दै उनले वडाअध्यक्ष निर्वाचित भएमा भरतपुर ५ लाई जिल्लाको नमुना वडा बनाउने प्रतिबद्दता व्यक्त गरे ।
शिक्षीत तथा जुझारु नेता पौडेल बिगत दुई दशक देखि पत्रकारिता क्षेत्रको अनुभवलाई संगाल्दै नेपाली कांग्रेसको केन्द्रिय प्रचार समितिको सदस्य ,प्रेस युनियन,आन ,बान र अकोराब जस्ता सामाजिक संस्थाको नेतृत्वमा बसेर काम गरिसकेका छन् । आफ्नो वडाको आवश्यकता र जनताको चाहना अनुसारनै आफू वडा अध्यक्षमा उम्मेदवारी दिने तयारी रहेको उनको भनाई छ ।