रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ३ मा गठबन्धनका उमेदवारहरुले सोमबार घरदैलो गरेका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार प्रल्हाद सापकोटा र समाजबादीको तर्फबाट उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरे तथा वडाध्यक्षका उम्मेदवार सोहेन्द्रराज खरेल सहितका उमेदवारहरुले घरदैलो गरी मत मागेका हुन । नेपाली कांग्रेसबाट वडा सदस्यका उमेदवारहरु शिव खनाल,बैशखनी थरुनी,दलीत महिला सदस्य देवी सुनार र माओवादी केन्द्रका तर्फबाट इश्वर जर्मरकट्टेल पनि घरदैलोमा सहभागी थिए । मतमाग्न घरदैलोमा पुगेको उमेदवारहरुलाई वडाबासीले स्वागत तथा आर्शिवाद समेत दिएका थिए ।
नगरको विकासको लागि गठबन्धनका उमेदवारलाई मतदान गर्न आग्रह गरिएको मेयर पदका उम्मेदवार सापकोटाले बताए । वडाबासी मतदाताले गरेको स्वागत र दिएको हौसलाका कारण आफु जित नजिक रहेको महसुस भएको सापकोटाले बताए । उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरेले पाँच बर्षको अबधिमा जनप्रतिनिधिले गर्न नसकेको विकासलाई पुरा गर्ने गरी आफुले उमेदवारी दिएको बताए । हामी नगरबासीको जनचाहना बमोजिक काम गर्न मैदानमा आएका हौं उनले भने यसको हामी प्रतिबद्ध छौं ।
वडाध्यक्ष पदका उम्मेदवार खरेलले कांग्रेसले मात्र नगरको विकास गर्ने भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरे । त्यसैगरी स्थानीय तहको चुनाब नजिकिंदै गर्दा काँग्रेस उमेदवारहरुले वडा नं १ मा पनि घरदैलो तिब्र पारेका छन् । काँग्रेसको तर्फबाट वडा १ ले वडाध्यक्षका उमेदवार कुलप्रसाद सापकोटा सहित वडा सदस्यका उमेदवारहरुले मतदाताका समस्या,गुनासा,रायसुझाव लिदै मतदाताका घरघरमा पुगि मत मागेका छन् । अध्यक्ष पदका उमेदवार सापकोटा सहित, वडा सदस्यका उमेदवारहरु गिरिराज लम्साल , बिन्दु मगराती, उमा पौडेल सुवेदी, सुर्य बिक्रम चौधरी सहितको टोलीले मतदाताका घरदैलोमा पुगेर मत मागेका हुन् । घरदैलो कार्यक्रममा उम्मेदवार सहितको टोलीमा वडाका कार्यबहाक सभापति काशिनाथ पौडेल, चुनाब प्रचारप्रसार समिति संयोजक त्रिलोचन रिजाल सहित वडा कार्यसमिति तथा कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।