चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चुमखोलामा पहिरो जांँदा मुग्लिन काठमाडौ सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय , चितवनका अनुसार आज अपरान्ह ४ बजेर ४० मनिेट जांँदा ईच्छाकामना गाउंँपालिका वडा नम्बर ३ स्थित चुमखोलामा पहिरो गएको हो । दुईतर्फ सडक अवरुद्ध भएपछि खुलाउनको लागी सडक प्रयास भई रहेको कार्यालयले जनाएको छ । उक्त स्थान ईलाका प्रहरी कार्यालय मुग्लिङ्बाट १५ किलोमिटर उत्तरपट्टीको दुरीमा पर्दछ ।
तपाईको प्रतिक्रिया
	संबन्धित शिर्षकहरु
	
 

        
        
        
        
        
        
        
        
        
	 
	 
	 
	 
	 
	 
  		
	 
	 
	 
	 
	 
	 






