चितवन । चितवनमा स्कुल बसले ठक्कर दिंँदा एकजनाको मृत्यु भएको छ भने अर्का गम्भिर घाईते भएका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान १० बजेर १० मिनेटको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ४ अनुपम चोक स्थित भित्री सडकमा डेरी चोकबाट यज्ञपुरी तर्फ जांँदै गरेको ना १ क ३५९६ नम्बरको होली भिजन पब्लिक स्कुलको बसले आनन्दपुरबाट भरतपुर तर्फ आउंँदै ना३३ प ३६६९ नम्बर को मोटरसाइकललाई ठक्कर दिंँदा मोटरसाइकल पछाडी सवार विनोद थापाको उपचारको क्रममा ११ ः४३ चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक बाग्लुङ्ग हरिया गाउंँपालिका बस्ने आयुष बोहोरा गम्भिर घाईते भएका छन । उनको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा छन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु