चितवन । चितवनमा माछामार्ने क्रममा एक व्यक्ति डुबेर वेपत्ता भएका छन ।
भरतपुर महानगरपालिका वडा नम्बर २ का २४ बर्षीय राम रिजाल बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान सांँढे १० बजे भरतपुर महानगरपालिका वडा नम्बर १ , बागेश्वरी स्थित जमेको पोखरीको पानीमा बल्छी हानी माछा मार्ने क्रममा बल्छी अड्किए पछि उक्त बल्छी निकाल्ने क्रममा डुबी बेपत्ता भएका थिए । बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय, नारायणगढबाट प्रहरी निरीक्षकको कमाण्डमा बिपद ब्यबस्थापन सहितको प्रहरी उद्दार टोली खोजी कार्य गरिरहेको छ । हाल सम्म पनि उनी फेला नपरेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु