चितवन । चितवनमा पछिल्लो समय सवारी दुर्घटनाको संख्या बढ्नुमा मुख्य चुनौति जनशक्ति र साधनस्रोतको अभाव भएको पाईएको छ । दिनहुंँ सवारीसाधनको संख्या बृद्धिको तुलनामा ट्राफिक प्रहरी जनशक्ति नहुंँदा दिनहुंँजसो दुर्घटनाको संख्यामा बृद्धि भएको हो । चालकको लापरवाही, तीब्र गति, सडकको दुरावस्था र मापसेका कारण दुर्घटना न्यूनिकरण हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । ट्राफिक प्रहरी र पत्रकारबीच आज कार्यालय परिषरमा भएको अन्र्तक्रियामा मुख्यतया जनशक्ति अभाव र साधनस्रोत कम भएको बताईएको हो ।
अन्र्तक्रियामा बोल्दै ट्राफिक प्रहरी प्रमुख धर्मबहादुर अधिकारीले जनशक्ति अभाव र साधनस्रोत कमीका कारण दुर्घटना न्यूनिकरणमा चुनौति थपिएको बताए । ‘सडकहरुको निर्माण कार्यपनि बढेको छ, सवारी साधनसंख्या पनि उक्तिकै बढेको अवस्था छ उनले भने , हाम्रो जनशक्ति जिल्लामा ६० जना मात्र छौं ।‘ दुर्घटना न्यूनिकरणका लागि मापसे चेकिङ्गका लागि ब्रेथलाईजर, सवारीसाधनको गति जांँचका लागि राडरगन, लिडर गनपनि नभएको उनले जानकारी दिए ।
‘पहिला राडर गन र लिडर गन र ब्रेथलाईजर पनि थियो , उनले भने , अहिले ती चालु हालतमा पनि छैनन ।’ चितवन भएर देशकै विभिन्न भागमा साना तथा ठूला सवारी चल्ने भएकोले ट्राफिक व्यवस्थापनमा चुनौति भएको उनको भनाई छ ।
चितवनमा राजमार्गको क्षेत्रफल ९३ दशमलब ३९ किलोमिटर छ भने, अन्य कच्ची तथा पक्की सडक २ हजार ९सय २३ किलोमिटर छ । जनशक्ति अभावका कारण शहर बजारमा बढी ट्राफिक प्रहरी परिचालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले आगामी दिन हरेक वडाका टोलविकास संस्था, यातायात कम्पनी, विद्यालयका विद्यार्थी , चालक लगायत सरोकारवालाहरुलाई सचेतना तथा अभिमुखीकरणलाई निरन्तरता दिन लागिएको उनले बताए । ‘दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले मात्र पर्याप्त हुंँदैन उनले भने, यसका लागि चालक पनि अनुशासित हुनुपर्छ, सम्बन्धित पक्षको पनि ध्यान जानुपर्दछ ।’ हाल चितवन भएर दैनिक २० हजारको हाराहारीमा सवारीसाधन ओहोर दोहोर गर्छन ।
चितवनमा सवारी दुर्घटना न्युनिकरणमा चुनौतिः ट्राफिक प्रहरी ६० जना, ब्रेथलाइजर र राडर गन चालु अवस्थामा छैनन
चितवनमा सवारी दुर्घटना न्युनिकरणमा चुनौतिः ट्राफिक प्रहरी ६० जना, ब्रेथलाइजर र राडर गन चालु अवस्थामा छैनन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु