चितवन । नेपाल ढकाल समाज प्रतिष्ठानको विशेष राष्ट्रिय भेला भोलीबाट शुरु हुंँदैछ । उही साउन २६ देखि २८ गतेसम्म देवघाटधाममा हुने भएको हो । भेलाको सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गरेको थियो ।
छरिएका वंशजलाई एकिकृत गराउने उद्धेश्यले प्रतिष्ठानको परिकल्पना गरिएको केन्द्रिय अध्यक्ष टिकाराम शर्मा ढकालले बताए । राष्ट्रिय भेलामा उपमन्यू ऋषिका सन्तान ढकाल वंशजको मूल पुस्ता, उद्गमस्थलबारे कार्यपत्र प्रस्तुत गरिने अध्यक्ष ढकालले बताए । ढकाल वंशजको उत्पत्ति,बसाइसराई तथा परम्पराबारे देखे सुनिएका भ्रामक तत्थ्य तथा दुविधा हटाउनु यस भेलाको मुख्य उद्धेश्य हो ,”उनले भने ,भेलामा ढकाल वंशजबारे अध्ययन गरिएका कार्यपत्र प्रस्तुत गरिने तालिका छ ।’
मूल पुर्खा गोविन्ददेव ढकालका चार छोराहरुबाट वंश विस्तार भई २७ औं पुस्तासम्म पत्ता लागेको प्रतिष्ठानको अनुमान छ । वि.सं २०७७ साल चैत्र ३ गते दर्ता भइ विस्तार गरिएको प्रतिष्ठानको हाल देशभर ६६ जिल्लामा शाखा विस्तार भइसकेको प्रतिष्ठानका महासचिव दामोदर ढकालले बताए । कार्यक्रममा देशभरबाट ३ सय ५० को हाराहारीमा सहभागिहरु देवघाट आउने अनुमान गरिएको छ । आगन्तुकहरुलाई गलेश्वर आश्रममा आवास तथा खानाको व्यवस्था गरिएको छ ।
सहभागिहरुलाई देवघाटसम्म पुग्न सहजताका दिनभर नारायणगढ पुल्चोक तथा केन्द्रिय बस टर्मिनलबाट निःशुल्क यातायातको व्यवस्था गरिएको प्रतिष्ठान चितवनका सचिव रामहरी ढकालले जानकारी दिए । ढकाल वंश अछाम जिल्लाबाट भएको बताईएको छ ।