देवघाट । देवघाट गाँउपालिकामा कार्यरत कर्मचारीलाई गालीगलौज र अपशब्द प्रयोग गरेर धम्काएको भन्दैं कर्मचारीहरुले विरोध रेका छन् । देवघाट गाँउपालिकामा कार्यरत सव–इन्जिनियर परिक्रमा पन्त र वडा प्राविधिक विनिता पुन सहितको प्राविधिक टोलीमाथि स्थानिय व्यवसायी हरि कुँबरले गालीगलौज अपशब्द प्रयोग गरेर धम्काएको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । ंउनीहरुको व्यक्तिगत आचरणमा आच आउने गरी सामाजिक सञ्जालमा भम्र फैलाउने कार्य गरेको भन्दै गाँउपालिकामा कार्यरत अन्य कर्मचारीहरु रुष्ट समेत भएका छन ।
देवघाट गाँउपालिका वडा नं ५ को रातामाटे बस्ती तर्फ जाने अधुरो मार्ग ढलान कार्यको अवलोकन गर्न जाने समयमा आफुहरुमाथि व्यवसायी हरि कुँबरले अभद्र ब्यवहार गरेको उनीहरुले बताए । दोषीलाई कारवाही नभएसम्म देवघाट गाँउपालिकाको कार्यालय अन्तरगतका सबैं शाखाबाट प्रवाह हुदै आएका सम्पुर्ण सेवाहरु स्थगित रहने कर्मचारीहरुले चेतावनी समेत दिएका छन् ।
कर्मचारीहरुले नियम अनुसारको कमिसन मागेको र जनप्रतिनिधिको आफन्त भएपनि भुक्तानी अघि नैं रकम उपलब्ध गराउन घुस मागेको व्यवसायी हरि कुँबरले आरोप लगाएका छन । आफुले कमिसन नदिने भन्ने विषयमा विवाद सिर्जना भएको कुँबरको भनाई छ । घटना चर्किन थालेपछि अहिले देवघाट गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारी बिचमा छलफल जारी रहेको बताईएको छ ।