काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेता र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरुबीच छलफल सुरु भएको छ ।
छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सरकारले आजै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।
कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो । साझा कार्यक्रममा मन्त्रीहरुको आचारसंहिता, सरकारका प्राथमिकता, संघीयता सुदृढीकरणलगायत विषय समेटिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु