काठमाडौं, १६ भदौ – कलाकार निशा घिमिरेको निधन भएको छ । घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज साँझ ६ः ५१ निधन भएको हो ।
अस्पतालले विज्ञप्तिमार्फत घिमिरेको मृत्यु बारे जनकारी दिएको छ । घरमै गम्भीर अवस्थामा रहेकी उनलाई नर्भिक अस्पतालले गत २७ जेठमा उद्धार गरेर उपचार थालेको थियो । घिमिरेको उपचारमा नर्भिकले अहिलेसम्म ५० लाखभन्दा धेरै खर्च गरिसकेको थियो ।
मंगलबार मात्र अस्पतालले एक पत्रकार सम्मेलन गर्दै निशाको अवस्था स्थिर रहेको जानकारी दिएको थियो । सो क्रममा अस्पतालले उनको उपचारका सबै प्रयास असफल रहेको जनाएको थियो । भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखंला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोकदोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।
अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि करिब ३ वर्षअघि भारतको देहरादून पुगेकी निशा नै कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् ।