चितवन । चितवनको भरतपुरमा बहुप्रतिक्षित चलचित्र ुम यस्तो गीत गाउँछु २ु को प्रिमियर शो हुँदैछ । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली कलाकाहरुको साथमा चलचित्र देखाउने तयारी गरेको हो ।
कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन र आम दर्शकहरुलाई फिल्म हलमा चलचित्र हेर्नका लागि आह्वान गर्ने उद्धेश्यले प्रिमियर शो कार्यक्रम गर्न लागिएको छ । चर्चित कलाकारहरुको साथमा बहुप्रतिक्षित चलचित्र ुम यस्तो गीत गाउँछु २ु को प्रिमियर शोको तयारी गरिएको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ले जानकारी दिनुभयो।
प्रिमियर शो चितवनको सुबिधा सम्पन्न सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्समा फागुन १२ गते, बिहीबार साँझ ६ बजे गरिने भएको छ । कार्यक्रममा नेपाली सिने क्षेत्रमा अतुलनीय योगदान दिनुभएका कलाकार संगै चितवनमा बिभिन्न क्षेत्रमा आबद्र रहेका व्यक्तिहरुलाई सम्मान गरिने मिडिया हाउसका महाप्रबन्धक तथा कार्यक्रम संयोजक ‘लक्की’ले बताउनुभयो।
कार्यक्रममा चलचित्र ुम यस्तो गीत गाउँछु २ का कलाकारहरु संगै अन्य चलचित्रकर्मीहरुको पनि उपस्थिती रहने छ । लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकारहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारीटी शो गर्दै आएको छ । यस अघि पनि विभिन्न कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई चलचित्रको विशेष शोको आयोजना गर्दै सम्मान गरेको थियो ।
सिनेमामा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ । शिवम अधिकारी र दिनेश न्यौपानेले मिलेर सिनेमाको कथा लेखेका हुन् । निर्देशक सुदर्शन थापा र अभिनेत्री शर्माको लगानी रहेको सिनेमाका सह निर्माता जन्मजय र साम्पाङ्ग राई रहेका छन ।
लक्की मिडीया हाउसद्धारा सिजील्याण्डमार्कमा फागुन १२ गते म यस्तो गीत गाउंँछु २ को प्रिमियर शो
लक्की मिडीया हाउसद्धारा सिजील्याण्डमार्कमा फागुन १२ गते म यस्तो गीत गाउंँछु २ को प्रिमियर शो
![](https://www.satyatathyasamachar.com/wp-content/uploads/2022/02/ma-yesto.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु