चितवन । किर्ते सवारी दर्ता किताब (ब्लु बुक)तयार गरी मोटरसाइकल बिक्री गर्ने फरार एक प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा नम्बर १ बस्ने सुमित साहरसुवास भन्ने ईनरजोस साह रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कार्यालयको मोटरसाईकल चोरी बिरुद्धको संचालन गरिएको अपरेशन माइक चार्ली अन्तर्गत केही व्यक्तिहरुले किर्ते सबारी दर्ता किताब तयार गरी चोरीका मोटरसाइकलहरु प्रयोग गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा २०७८ भदौ २७ गते जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले बिभिन्न कम्पनीका ६ वटा मोटरसाईकल र ८ जनालाई ब्यक्तिलाई पक्राउ गरी कानुन बमोजिम कार्वाहीको जिल्ला अदालत, चितवनमा पेश गरेको थियो । उक्त चोरी मुद्दामा संलग्न भई फरार रहेका प्रतिवादी साहलाई भरतपुर महानगरपालिका वडा नम्बर १० रिजाल चोकबाट पक्राउ गरेको हो । उनलाई सोमबार सोमबार चितवन जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।